मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Tuesday, 08 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ६ बुधबार १९:५८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

कटक मल्लको ‘न्याय-अन्याय’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार १९:५८:oo

अन्तर्राष्ट्रिय र वातावरण कानुनका ज्ञाता डा. कटक मल्लको ‘न्याय–अन्याय कानुनः भू–राजनीति र कूटनीति’ पुस्तक सार्वजनिक भएको छ। 

मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्। मल्लको किताबमा कानुन, राजनीति, मानव अधिकार, न्यायपालिका, भू–राजनीति/कूटनीति, पर्यावरणलगायतका विषय समेटिएका छन्।

राजधानी काठमाडौंमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानुनी दर्शनको दस्ताबेज भएको बताए। 

उनले भने, ‘नेपालमा कानुनसम्बन्धी पहिलो किताब २०१ वर्षअगाडि लेखिएको थियो। त्यसयता धेरै किताब लेखिए, तर कानुनी दर्शनका आधारमा लेखिएका थिएनन्। यो किताब कानुनी दर्शनको किताब हो।’

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वन्यायाधीश डा. प्रभा बस्नेतले मल्लको किताबमा न्यायिक विषयहरूलाई आलोचनात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको बताइन्। 

‘किताबमा न्यायलाई आलोचनात्मक, रचनात्मक मात्र नभई मौलिक शैलीले प्रस्तु गरिएको छ,’ बस्नेतले भनिन्। त्यसैगरी, विश्लेषक डा. चन्द्रदेव भट्टले मल्लको किताब कानुन, समाज, लोकतन्त्र र भू–राजनीतिक दार्शनिक दस्ताबेज भएको टिप्पणी गरे।

सार्वजनिक बौद्धिकका रूपमा स्थापित मल्लको यसअगाडि नेपाली भाषामा ‘मानव अधिकार’ किताब प्रकाशित छ। ‘न्याय–अन्याय कानुनः भू–राजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो। ३९८ पृष्ठको किताबको मूल्य ९९९ रुपैयाँ छ।