मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ६ बुधबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनतालाई जागृत गर्न मध्यपहाडी लोकमार्ग अभियान गर्दै छौँ : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार १५:३३:oo

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियता खतरामा परेको र अनुचित काम र क्रियाकलापले स्थान पाएकाले जनतालाई सचेत बनाउन मेची–महाकाली मध्यपहाडी लोकमार्ग अभियान चलाउन लागिएको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन्। ‘गठबन्धन सरकारका कारण धेरै अनुचित कुराहरूले स्थान पायो । बेठीक नीतिहरूले बढी स्थान पाए, अब शक्ति स्वार्थहरूबाट सतर्क हुन ढिलाइ गर्नुहुँदैन,’ ओलीले भने, ‘त्यसैले जनतालाई सतर्क बनाउन, जागृत गर्न चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म अभियान चलाउन लागिएको हो।’ 

उनले अभियानको धेरै महत्व रहेको चर्चा गर्दै पुसमा अर्को केन्द्रीय कमिटी बैठकमा विस्तृतमा समीक्षा गरिने पनि जनाए।