Skip This
सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र हुने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ६ बुधबार o८:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारी ठगीका मुद्दा अदालतमा मिलापत्र हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार o८:४१:oo

बचतकर्ताको पैसा फिर्ता भएमा सहकारी ठगीका मुद्दा अब अदालतमा मिलापत्र हुने भएको छ । उजुरीकर्ता निवेदक र प्रतिवादी पक्षबीच सहमति भएमा मुद्दामा मिलापत्र गर्न सकिने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ ।

सहकारी ठगीका मुद्दामा यसअघि मिलापत्र नहुने प्रावधान थियो । सर्वाेच्च अदालतको फैसलालाई टेकेर महान्यायाधिवक्ता कार्यालयले मिलापत्र गर्न थालेको हो । यसले पीडितले छिटो न्याय पाउने महान्याधिवक्ता कार्यालयको दाबी छ । 

स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारीका सञ्चालक विनोद थापाले दायर गरेको रिटमा सर्वाेच्च अदालतले मिलापत्र गर्न ५ पुस २०७९ मा परमादेश दिएको थियो । निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि प्रहरीले थापालाई पक्राउ गरी सहकारी ठगी मुद्दा दायर गरेकोमा उनी पुर्पक्षका लागि थुनामा गएका थिए । पछि उजुरी दिने निक्षेपकर्ता र उनीबीच मिलापत्र भएको थियो ।

जसअनुसार उनले मिलापत्रका लागि अदालतमा निवेदन दिएकोमा मिलापत्र गर्न नमिल्ने निर्णय भएको थियो । त्यसउपर उनी सर्वाेच्च गएकोमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले मिलापत्र गर्न परमादेश दिएको थियो । 

सोही फैसलाका लागि सहकारी ठगी मुद्दामा मिलापत्र गर्न मिल्ने/नमिल्ने विषयमा गत ४ साउनमा महान्यायाधिवक्ता कार्यालयले एक समिति गठन गरेको थियो । समितिले पनि मिलापत्र गर्न मिल्ने सिफारिस गरेपछि मिलापत्र हुन थालेको हो ।

सहकारी ठगीका अन्य मुद्दामा पनि मिलापत्र गर्न सोमबार परिपत्र गरिएको सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले बताए । यसले अदालतमा मुद्दाको चाप घटाउनुका साथै पीडितहरूले पनि सहज रूपमा पैसा पाउने उनको भनाइ छ । पछिल्लो समय सहकारी ठगीका मुद्दा बढेका छन् । तर, वर्षौैंसम्म पनि पीडितहरूले आफ्नो पैसा पाउन सकेका छैनन् ।