Skip This
माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 25 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ५ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार १४:५५:oo

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

विनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वर चोकसम्म जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न रोक लगाएको छ।

स्थानीय प्रशासनको सो निर्णय बदर गरी नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग रिट निवेदनमा गरिएको छ।

सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ।