१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाली बक्सर आइबा विश्व जुनियर खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४o:oo

आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा नुर्बु थेन्डुप शेर्पाले प्रतिस्पर्धा गर्ने भएका छन् । अर्मेनियाको एरेभानमा २३ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म चल्ने आइबा विश्व जुनियरमा शेर्पाले यू–१७ अन्तर्गत ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुन सोमबार खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार अर्मेनिया प्रस्थान गरेको छ । नुर्बुको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले राम्रो नतिजा निकाल्ने आशा गरिएको छ । उनका प्रशिक्षक लालबहादुर पौडेल हुन् । यसैबीच, नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरेका छन् । बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । 

सोही अवसरमा श्रेष्ठले गत असोजमा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’मा जित हात पारेका रविन थापालाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ प्रदान गरेका छन् । एसियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए ।

ad
ad