मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
रासस भरतपुर
२०८० मङ्सिर ४ सोमबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा पाटेबाघ मृत फेला

Read Time : < 1 मिनेट
रासस, भरतपुर
२०८० मङ्सिर ४ सोमबार १४:०६:००

चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका– २७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बिहान बाघ मृत फेला परेको हो।

अन्दाजी ६–७ वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। बाघ एक–आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमार्टमको तयारी गरेको छ।

सन् २०२२ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन्।