१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ४ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोल्बुङ बस दुर्घटना : मृतकको संख्या तीन पुग्यो [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १३:२४:oo

मेची राजमार्गको रोङ गाउँपालिका- ३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका– ९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। 

दुर्घटनामा आइतबार साँझ वडा नम्बर ९ कै  १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। धनुषाबाट कन्याम घुम्न आएको ना.६ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए।

जसमध्ये तीनको मृत्यु भइसकेको छ भने ३३ जनाको हाल बिएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये अन्य दुईजनाको अवस्था पनि चिन्ताजनक छ। उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका– २३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।