मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
मनीष खड्का रुकुमपश्चिम
२०८० मङ्सिर ४ सोमबार १२:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चौरजहारीमा भएकाे जिप दुर्घटनामा गम्भीर घाइते दुईको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुमपश्चिम
२०८० मङ्सिर ४ सोमबार १२:५१:००

रुकुम पश्चिममा जिप दुर्घनामा परी गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका– १३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका– २ का सात वर्षीय बालक प्रतीक बुढा छन्।

बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले जानकारी दिए।  

उनका अनुसार अन्य पाँचजनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयमा समन्वय गरेर थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको छ। 

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलंगा आउने क्रममा चौरजहारी– ८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो। 

जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो। घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। 

जिपमा क्षमताभन्दा बढी व्यक्ति चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आकलन गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।