मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० मङ्सिर ४ सोमबार १२:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ साइकल दौड जारी

नौ देशका २५ जना सहभागी

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ४ सोमबार १२:४०:००

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइक्लिङ रेस ‘याक अट्याक’ आइतबारदेखि सुरु भएको छ। यो विश्वकै उच्च हिमाली भेगमा आयोजना भएको साइक्लिङ प्रतियोगिता हो।

उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको याक अट्याक २०२३ साइकल दौड प्रतियोगिता लमजुङको बेँसीसहरबाट सुरु भएको हो। याक अट्याक इन्टरनेसनल बाइकिङ सिरिजको यो १५औँ संस्करण हो।

प्रतियोगीले समुद्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा पर्ने थोराङला भञ्ज्याङ पास गर्नेछन्। साइक्लिङमा नेपालसहित नाै देशका २५ प्रतियोगी सहभागी छन्।
  
बेँसीसहरबाट मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार चार सय १६ मिटर उचाइको थोराङला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियाेगिता अन्त्य हुनेछ।

समापन समारोह २८ नोभेम्बरमा पोखरामा आयोजना गरिने प्रतियोगिताका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए। उनले भने, ‘यो प्रतियोगिता माउन्टेन बाइक वर्ल्डवाइड लिमिटेड र नेपाल पर्यटन बोर्डलगायतको सहकार्यमा सञ्चालन गरिएको हो।’ नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले  नेपालमा प्रतियोगिता आयोजना गरिएको क्षेत्रीले बताए।

प्रतियोगिताबाट नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्ने उनको भनाइ छ। पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उनले बताए।