Skip This
दियोबाट आगालागी हुँदा भोजपुरमा लाखाैँको क्षति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २७ सोमबार
  • Friday, 26 July, 2024
२o८o कार्तिक २७ सोमबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दियोबाट आगालागी हुँदा भोजपुरमा लाखाैँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २७ सोमबार o९:५५:oo

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। भोजपुर नगरपालिका–८ पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजारबराबरको क्षति भएको जानकारी दिए।  

आगलागीबाट दुईतले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना र नगद  १५ हजारसमेत नष्ट भएको छ। 

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ।