Skip This
इन्टरपोलको महासभामा सशस्त्र प्रहरी पनि सहभागी हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्टरपोलको महासभामा सशस्त्र प्रहरी पनि सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १८:१२:oo

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को महासभामा सरकारले सशस्त्र प्रहरी बललाई पनि पठाउने निर्णय गरेको छ। केही वर्षयता नेपाल प्रहरीको नेतृत्व मात्र महासभामा सहभागी हुँदै आएको थियो।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई महासभामा सहभागी हुन स्वीकृति दिएको छ। इन्टरपोलको ९१औँ महासभा १२ देखि १५ मंसिरसम्म अस्ट्रियामा हुँदै छ।

केही वर्षअघिसम्म इन्टरपोलको महासभामा सहभागी हुँदै आएको सशस्त्र प्रहरी नेतृत्वलाई पछिल्लो वर्ष सरकारले पठाएको थिएन। सशस्त्र प्रहरीलाई पनि आतंकवाद तथा संगठित अपराध नियन्त्रणसम्बन्धी जिम्मेवारी दिइएकाले इन्टरपोलमा उसलाई पनि सहभागी गराउने निर्णय गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।