१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुसमा रियल इस्टेट एक्स्पो हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३४:oo

घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्न काठमाडौंको भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले १२ देखि १५ पुससम्म एक्स्पो आयोजना गर्न लागेको हो । विश्वव्यापी फैलिएको कोभिड महामारीपछि पहिलोपटक रियल इस्टेट एक्स्पो आयोजना हुन लागेको हो । कोभिडअघि रियल इस्टेट एक्स्पोका सातवटा संस्करण सफलतापूर्वक सम्पन्न भएको संघका अध्यक्ष विदुर धमलाले बताए । एक्स्पोमा एक लाखभन्दा बढी दर्शक आउने आयोजकको अपेक्षा गरिएको छ । 

 एक्स्पो रियल इस्टेट क्षेत्रका डेभलपर र उपभोक्तालाई एउटै छानामुनि भेटघाटको अवसर हुने बताइएको छ । घरजग्गा बजार र घर खरिदकर्तालाई लक्षित गरी एक्स्पो आयोजना गर्न लागिए पनि रियल इस्टेट क्षेत्रभित्र पर्ने व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ, बिमा कम्पनीसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकको सहभागिता हुने आयोजकले जनाएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय फिक्स्चर, फर्निचर, सेरामिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरक, निर्माण उपकरण तथा सेवा प्रदायकको उपस्थिति रहनेछ । ‘यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घरजग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनर्निर्माणसम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरक, निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायीलगायतका लागि साझा मञ्च हुनेछ,’ संघका अध्यक्ष धमलाले भने, ‘एक्स्पोमा उपभोक्ताले घर, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त गर्नेछन् ।’ 

ad
ad