
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध.१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन– २ मलकटिबाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका– २ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड– ६ छिसफाँटका ३२ वर्षीय अश्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
ट्याक्सी सडकबाट सय मिटर तल खसेको थियो । दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।