१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक १९ आइतबार १८:५४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश सांसद सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्प प्रभावितलाई दिने

Read Time : < 1 मिनेट
२०८० कार्तिक १९ आइतबार १८:५४:००

गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन्।

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको सुवेदीले बताए।

‘यो समय सबैको साथ र सहयोगको आवश्यक पर्ने समय हो,’ उनले भने, ‘आफूले जे–जति सकिन्छ, त्यो सहयोग गर्न जरुरी छ। प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौँ। जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो गरौँ।’

बागलुङ क्षेन नं. १ प्रदेश सभा (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनर्स्थापनामा आ–आफ्नोतर्फबाट जुट्न सबैलाई आग्रहसमेत गरेका छन्।