१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भूकम्प प्रभावित क्षेत्रलाई तातोपानी गाउँपालिकाको १० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३९:oo

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई जुम्लाको तातोपानी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पालिकाले १० लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।

नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग रकम जम्मा गरिने उनले बताए। ‘भूकम्पले छिमेकी जिल्लाहरू पीडामा छन्। खाद्यान्न,औषधाेपचारको अभाव चुलिएको छ। तत्कालका लागि भनेर १० लाख सहयोग गर्दै छौँ,’ उनले भने।

गाउँपालिकाले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

ad
ad