मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १७ शुक्रबार o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यालय शिक्षा विधेयक सभामुख सचिवालयमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार o९:o९:oo

‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि तल्लो तहमै पुगेर छलफल चलाइने भएको छ । सभामुख सचिवालयमा दर्ता भएलगत्तै सचिवालयले अध्ययन तथा छानबिन थालेको यस विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएपछि समितिले त्यसलाई छलफल तथा बहसलाई व्यापकता दिने तयारी गरेको छ।

समितिका सभापति भानुभक्त जोशीले शिक्षक प्रतिनिधि, गाउँपालिका र नगरपालिका महासंघ, शिक्षक महासंघ, विद्यार्थी संगठनसँग छलफल तथा बहसपछि मात्रै यसले पूर्णता पाउने जानकारी दिए । उनले यी अवस्था पार गर्न अझै चार महिना समय लाग्ने भएकाले विद्यालय शिक्षा ऐन बन्न ढिलाइ हुने बताए ।

‘शिक्षा विधेयकममा अझै व्यापक रूपमा छलफल गर्न जरुरी छ, अब सभामुखको सचिवालयले चाँडोभन्दा चाँडो हामीकहाँ पठायो भने हामीले लामो समय छलफल चलाउन सक्छौँ,’ उनले भने, ‘यसमा तल्लो तहसम्म पुगेर छलफल र बहस चलाउन जरुरी छ, शिक्षा सबैका लागि हो ।’ जोशीका अनुसार सभामुख सचिवालयमा रहेको विधेयमकमा सचिवालयले छानबिन गरिरहेको छ ।