१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १६ बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

उपरथी ताराध्वज पाण्डेविरुद्ध परेन उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार o९:२८:oo

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपछि बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी जंगी अड्डाले तयारी गरेको छ ।

उपरथी पाण्डेको बढुवा भावी प्रधानसेनापतिको लाइनसँग सम्बन्धित भएकाले यो प्रक्रियालाई सेनाभित्र र बाहिर महत्वसाथ हेरिएको छ । बलाधिकृत रथी सरोजप्रताप राणाको अवकाशसँगै रिक्त रथी पदका लागि वरीयताका सेनाको बढुवा बोर्डले पाण्डेलाई सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

रथी राणा १२ कात्तिकदेखि सेवानिवृत्त भएका छन् । रथी बढुवा प्रक्रियाका लागि प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवासम्बन्धी समितिले पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । बढुवा समितिले एक साता समय दिएर पाण्डेविरुद्ध उजुरी वा गुनासो गर्न सूचना टाँसेको थियो ।

तर, कुनै उजुरी नपरेपछि उनको बढुवाका लागि बाटो खुलेको छ । सरकारले बढुवा गरेमा पाण्डे आगामी भदौ अन्तिम सातादेखि नेपाली सेनाको ४५औँ प्रधानसेनापतिको प्रबल दाबेदार हुनेछन् । 

ad
ad
ad
ad