Skip This
संक्रमणकालीन न्यायबारे ओलीको जवाफ- हामीले यसअघि नै नटुंग्याएर गल्ती गरेछौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १५ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायबारे ओलीको जवाफ- हामीले यसअघि नै नटुंग्याएर गल्ती गरेछौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १७:o८:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले पीडितकेन्द्रित भएर सहमतिका साथ छिट्टै संक्रमणकालीन न्याय टुंगो लगाइने बताएका छन्। 

दसैँ, तिहार, छठ र नेपाल संवत्का अवसरमा पार्टीले केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन्। 

उनले संक्रमणकालीन न्याय टुंगो लगाउँदा सर्वाेच्च अदालतको आदेश र संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्ले व्यवस्था गरेका सीमाहरूलाई समेत ध्यान दिइनुपर्ने बताए। 

‘अब छिट्टै सहमतिका साथ टुंग्याउने हो र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनुपर्छ। सर्वाेच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदाय खासगरी मानव अधिकार काउन्सिलका कुरा पनि ध्यान दिनुपर्छ,’ ओलीले भने। 

उनले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटघाट भएको र संक्रमणकालीन न्याय टुंग्याउने विषयमा परिस्थिति सकारात्मक दिशातिरै अगाडि बढेको पनि संकेत गरे। संयुक्त राष्ट्रसंघको महासचिवको नेपाल भ्रमणअगावै टुंग्याइएको भए सकारात्मक सन्देश जाने ओलीको संकेत थियो। 

‘हामीले अलिकति के मिस्टेक गरेछौँ भने योभन्दा अगाडि नै टुंग्याउनुपर्थ्यो,’ सहमतिको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने। 

अर्को प्रसंगमा ओलीले प्रधानमन्त्री प्रचण्डसँग कुनै तिक्तता नरहेको पनि दाबी गरे। ‘अघि प्रधानमन्त्री र म सँगै थियौँ। तपाईंहरूले देखिहाल्नुभो, हाम्रो चेहरा, हाउभाउ देख्नुभो, हात हल्लाएको, मिलाएको देख्नुभो। मुस्कुराएको, खुसी भएको देख्नुभो। एउटै चाडमा, एकै ठाउँमा खुसियाली मनाएको देख्नुभो, राम्रै लक्षण छ अहिले त,’ ओलीले भने। 

चियापान र शुभकामना कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा‘बादल’, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष अमृत बोहोरालगायतले आगन्तुकहरूलाई स्वागत गरेका थिए।