१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o४:oo

मर्निङ वाकका धेरै फाइदा छन् । यसको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । तपाईंको हृदय र फोक्सोले कम मिहिनेतबाटै धेरै काम गर्न थाल्छन् । हिँड्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ । 

सुगर कन्ट्रोल हुन्छ । हिँड्दा क्यालोरी कट हुन्छ । नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी, सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक गर्‍यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ । 

हिँड्दा स्ट्रेस कम हुन्छ । यो ठूलो फाइदा हो । वाकिङबाट हुने अर्को कुरा, तपाईंको हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ । तपाईंको मुटुको स्पिड कम हुन्छ । यसपछि जति लामो वाक गर्न पनि समस्या हुँदैन । कम्तीमा ४५ मिनेट वाक गर्नुपर्छ । 

यी कुरामा ध्यान दिनुस्
- जाडो बढ्दै गएको छ । अति बिहानै हिँड्नुभन्दा घाम लागेर जमिन हल्का तातेपछि हिँड्न थाल्नु राम्रो हुन्छ ।

- बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसको ३० मिनेटपछि मात्रै हिँड्न थाल्नुस् । 

- दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फर्टेबल हुन जरुरी छ । यसरी दौडनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ ।

- दौडनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सनुहुँदैन । दौडन सुरु गर्नेबित्तिकै स्पिड बढाउनुहुँदैन । दौडन सुरु गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ । 

- दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ । 

- दौडनु सुरु गरेको हरेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।

ad
ad