१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

आठ वर्षपछि गृहले सिँजामा खटायो अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२७:oo

गृह मन्त्रालयले सिँजा गाउँपालिका नराकोटस्थित इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत खटाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई इलाका प्रशासन कार्यालयमा खटाइएको छ।

‘इलाका प्रशासन कार्यालय सिँजामा तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न कात्तिक १५ गतेदेखि गृह मन्त्रालय, सिंहदरबार काठमाडौंमा कार्यरत शाखा अधिकृत बुढाक्षेत्री खटिनुभएकोे छ। अब सिँजा क्षेत्रमा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ,’ उनले भने।

शाखा अधिकृतस्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायबसुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण भइरहेको थियो। करिब दुई महिनाअघि नायबसुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिँजा क्षेत्रमा नागरिकता वितरण कार्यसमेत प्रभावित भएको थियो ।

सो अवधिमा इलाका प्रशासनमा नागरिकता वितरणका कागजात तयार गरेर सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालय आएर हस्ताक्षर गराइँदै आएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

यसअघि सुमन धिताल अधिकृतस्तरको कर्मचारी पहिलोपटक आएर सेवा प्रवाह गरेका थिए। उनी ०७३ कात्तिकमा सरुवा भएर गएपछि कार्यालय शाखा अधिकृतविहीन अवस्थामा रहेको थियो। 

नराकोटस्थित इलाका प्रशासनमा ०७३ देखि ०८० असोजसम्म सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन सकेको थिएन। अधिकृतस्तरको कर्मचारी नहुँदा पाँच वर्ष अनुभव भएका नायबसुब्बालाई खटाउने व्यवस्था छ। करिब आठ वर्षपछि पुनः इलाका प्रशासनले शाखा अधिकृत प्राप्त गरेको हो। 

ad
ad