१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

होटेल पौवाको बडादसैँ उत्सव, नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन लिंगेपिङदेखि सराय नाचसम्म प्रदर्शन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:३o:oo

होटेल पौवाले नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन बडादसैँ उत्सव गर्ने भएको छ । उत्सवमा होटेल पौवाले लिंगेपिङदेखि सराय नाचसम्म प्रदर्शन गर्ने प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

लुम्बिनी प्रदेशको पहिचानका रूपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुर्‍याउन १७ कात्तिकदेखि होटेल पौवाको योगिकुटी शाखामा सराय नृत्य प्रदर्शन गरिन लागिएको होटेलका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । 

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुसीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लामा नाचिने सराय नाचलाई सांस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनको भनाइ छ । 

होटेल पौवाले यो वर्षको दसैँलाई उत्सवको रूपमा मनाउन योगीकुटी, भैरहवा र भालुवाङमा परम्परागत लिंगेपिङ राखेको जनाएको छ । नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन लिंगेपिङको व्यवस्था गरिएको होटेलका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटेल पौवाले स्थापनाको सात वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेको होटेलका  ब्रान्डिङ विभाग प्रमुख तथा मार्केटिङ प्रमुख विष्णु भण्डारीले बताए ।

पर्यटन प्रवर्द्धनमा देशको कला, संस्कति, रहनसहन, वेशभूषा, खानपिनलगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै भण्डारीले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासात् गर्दै हरेक चाडपर्वलाई उत्सवका रूपमा मनाउँदै आइरहेको भण्डारीले बताए ।
होटेलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजकसमेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृतिविशेषलाई लगातार ब्रान्डिङ गरिरहेको दाबी गरे । 

ad
ad