Skip This
गाजामा रुसले पठायो २७ टन मानवीय सहायता सामग्री 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २ बिहीबार १४:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा रुसले पठायो २७ टन मानवीय सहायता सामग्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १४:११:oo

रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपतकालीन मन्त्रालयले बताएको छ। 

‘मस्कोनजिकैको रामेन्स्कोये विमानस्थलबाट इजिप्टको अल–अरिसतर्फ एक विशेष विमानले उडान भरेको छ, गाजापट्टीमा पठाउनका लागि रुसी मानवीय सामग्री इजिप्टको रेड क्रिसेन्टलाई हस्तान्तरण गरिनेछ,’ उपमन्त्री इल्या डेनिसोभले एक विज्ञप्तिमा भनेका छन्।

उनका अनुसार मानवीय सामग्रीमा गहुँ, चिनी, चामल र पास्ता छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन्। गाजाबाट इजराइली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन्।

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित संख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए।