१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युएईमाथि नेपालको सात विकेटको जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४९:oo

कप्तान रोहितकुमार पौडेलको अर्धशतकको सहयोगमा नेपालले अन्तर्राष्ट्रिय टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगितामा बुधबार युएईमाथि सात विकेटको सानदार जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा पहिलो टी–२० खेलमा नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । अब नेपालले बिहीबार दोस्रो खेलमा हङकङको सामना गर्नेछ । जितसँगै नेपालले दुई अंक जोडेको छ । युएईले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा एक सय ४४ रनको योगफल खडा गरेको थियो । 

नेपालका कप्तान रोहित मूलपानीको मैदानमा अर्धशतक बनाउँदा खुसी देखिए । उनले नेपालको ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । ‘व्यक्तिगत रूपमा अर्धशतक बनाउँदा खुसी छु, तर हामीले ब्याटिङमा अझै राम्रो गर्नुपर्छ, बलिङ पक्ष निकै राम्रो भयो,’ खेलपछि उनले भने । मूलपानीको मैदान नयाँ भएकाले खेल्न गाह्रो भएको उनको भनाइ छ । ‘यहाँको पिच नयाँ भएकाले खासै बुझ्न सकिनँ, सुरुमा विकेट जाँदा निराश भएको थिएँ,’ उनले भने, ‘हामी पछि फर्कियौँ ।’

मूलपानीको माथिल्लो मैदानले टी–२० आईको मान्यता पाएको छ । गत वैशाखमा एकदिवसीय मान्यता पाएको थियो । 
युएईविरुद्ध युवा लेग स्पिनर मौसम ढकालले डेब्यु गरेका छन् । टी–२० मा डेब्यु गर्ने मौसम ४४औँ खेलाडी भए । उनलाई नेपाली टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्याप लगाएका थिए । मौसमले डेब्यु गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘नेपालका लागि खेल्ने सबैको सपना पूरा भएको छ,’ उनले भने, ‘अझै सुधारिएको प्रदर्शन गर्न सक्थे, यो मेरा लागि अवसर थियो ।’

कप्तान रोहितको अर्धशतक
नेपालको आकर्षक जितमा रोहितले ५१ रन र दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए । रोहितले ४० बलमा पाँच चौका प्रहार गरे । दीपेन्द्रले २४ बलमा तीन चौका र एक छक्का हिर्काएका थिए । दुई खेलाडीले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरे । दुवैले नटआउट साझेदारी गर्नुअघि नेपाल ८.५ ओभरमा ५१–३ को अवस्थामा थियो । नेपालले ४.२ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । 

६.६ ओभरमा विस्फोटक ब्याट्सम्यान कुशल मल्लको विकेट नेपालले गुमाएको थियो । कुशल आउट हँुदा नेपाल ४५–२ को स्थितिमा थियो । ओपनर आसिफ शेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रनको योगदान गरेका थिए । युएईका निलान्स केश्वानी र अली नासिरले समान एक विकेट लिए । 

युएईको कमजोर सुरुवात 
मूलपानीको माथिल्लो मैदानमा टस हारी पहिलो ब्याटिङ गरेको युएईको सुरुवात राम्रो हुन सकेन । सो इनिङ्समा बसिल हमिदले अर्धशतक बनाए । छैटाैँ नम्बर क्रिजमा ब्याटिङ गरेका बसिलले ३८ बलमा ५१ रन बनाए । बसिललाई करण केसीले विकेट किपर आसिफ शेखबाट क्याच गराए । यसअघि बसिलले ५२–४ को स्थितिमा आएर युएईको स्कोर बढाएका थिए । युएईका अली नासिरले ३० बलमा ३२ रन बनाए । आसिफ खानले १५ र कप्तान मुहमद वासिमले १७ रनको योगदान गरे । युएईका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । ओपनर खालिद साह ६ बलमा शून्यमै आउट भएका थिए । नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन खर्चिए । गुल्सन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले समान एक विकेट लिन सफल भए । 

दर्शकलाई सास्ती
नवीन बिडारी हाल चाबहिल बस्छन् । उनी नेपालको खेल हेर्न पहिलोपटक मूलपानी पुगेका थिए । नेपाल र युएईबीचको खेल हेर्न उत्साहित थिए । दुई सयको टिकट काटेर मैदानमा पुगेका उनी निराश भए । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र युएईबीचको खेलका लागि प्यारापिटको व्यवस्था गरेको थिएन । ‘धेरै आशा गरेर मैदान गएका थिए, तर टिकट लिएर भित्र पस्दा सोचेजस्तो भएन,’ बिडारीले भने, ‘क्यानले दर्शकबाट टिकट मूल्य उठायो, व्यवस्थापन गतिलो भएन ।’ बिडारीको जस्तै नुवाकोट घर भई हाल गौरीघाट बसेका श्रीधर खतिवडाको गुनासो उही छ । ‘दसैँको मुखैमा नेपालले जितेको हेर्न उत्साहित थिए, टिकट काटेर भित्र पस्दा दुःख मात्रै भयो,’ उनले भने, ‘हामी बस्ने स्थान नै छैन, क्यानको ध्यानाकर्षण होस् ।’

यस्तो मैदानको खाँचो छ
रोहितकुमार पौडेल, कप्तान, नेपाल 

हामीले राम्रो प्रदर्शन गर्यौँ । नयाँ पिच भएकाले खासै आइडिया भएन । बलिङमा राम्रो ग¥यौँ, ब्याटिङमा सुधार गर्नुपर्ने धेरै छ । पछिल्लोपटक रन बनाउन नसक्दा केही निराशा थियो । अर्धशतक प्रहार गर्दा खुसी छु । दर्शक पनि आउनुभयो । यस्तै, दुई तीनवटा मैदान भयो भने सहज हुन्छ । विश्वकप अघि स्पिनरले राम्रो गरेका छन् । आउने दिनमा झनै राम्रो गर्न सक्छौँ । 

सानो मैदानमा खेल्न गाह्रो छ
बसिल हमिद, खेलाडी, युएई

नेपाल धेरै राम्रो हो । उनीहरूले राम्रो साझेदारी गरे । खेल जितेमा उनीहरूलाई श्रेय जान्छ । आयन्सले युवा खेलाडी हो । उसले अझै राम्रो गर्न सक्छ । यो सानो मैदान हो खेल्न सहज छैन । नेपालमा धेरै समर्थक हुन्छन् । यहाँ खेल्न रमाइलो हुन्छ । व्यवस्थापन पनि राम्रो छ । 

ad
ad