१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Saturday, 05 July, 2025
गणेश लम्साल विराटनगर
२o८o कार्तिक १ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार १६:३७:oo

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  विश्वासको मत पाएका छन्। २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री  नियुक्त भएका कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री कार्कीले आफनो पक्षमा ८६ मत प्राप्त गरे । उनको विपक्षमा पाँच मत मात्रै खसेको छ। संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री  कार्कीलाई राप्रपाबाहेक अन्य सबै दलले विश्वसको मत दिए।