१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २० बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुढीनन्दामा एकैपटक नेपाल टेलिकमका चार टावर बन्दै

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२३:oo

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाल टेलिकमका चारवटा टावर निर्माण हुने भएका छन्। हालसम्म टेलिकमको टावर नरहेको बुढीनन्दाका विभिन्न चार स्थानमा एकैपटक टावर बनाउन लागिएको हो।

पालिकाका सबै वडा र बस्तीमा सञ्चारसेवा सहज बनाउने उद्देश्यले नगरपालिका र नेपाल टेलिकमबीच सहमति भएर टावर निर्माण हुन लागेको नगरप्रमुख जनककुमार बोहराले जानकारी दिए। आफूले नगरप्रमुखको जिम्मेवारी निर्वाह गरेदेखि नै खानेपानी, बिजुली र टेलिफोन सेवामा जोड दिँदै आएको उनको भनाइ छ।

पालिकाको ८ नम्बर वडामा पर्ने हर्साली- ७ को कर्केलीमाथि रहेको पानीनाउला, ३ नम्बर वडा र १ नम्बर वडाको सल्लेरीमा टावर निर्माण गर्न लागिएको हो। टावर निर्माण सुरु भइसकेको र केही समयमै सञ्चालनमा आउने बताइएको छ।

हालसम्म सञ्चारको भरपर्दो सुविधा नरहेको बुढीनन्दामा मौसममा खराबी आउँदा र साँझ पर्दासमेत टेलिफोन सेवा बन्द हुने अवस्था छ। सोही समस्यालाई मध्यनजर गरेर टावर निर्माण गर्न लागिएको टेलिकमले जनाएको छ।

बुढीनन्दामा टावर बनेपछि जिल्लाको उत्तरपूर्वी क्षेत्रका चारवटा पालिकालाई राहत मिल्ने नेपाल टेलिकम बाजुरा कार्यालयका निमित्त प्रमुख मनबहादुर रोकायाले बताए। ‘अन्य पालिकामा पनि प्रभावकारी फोन र इन्टरनेट सेवा छैन। टावर निर्माणका लागि यति वेला टेलिकमको प्राविधिक टोली पनि फिल्डमा खटिसकेको छ,’ उनले भने।

ad
ad