१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

६८औँ प्रहरी दिवस : उत्कृष्ट प्रहरी कार्यालयका प्रमुखहरू पुरस्कृत 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

यो वर्ष उत्कृष्ट काम गर्ने कार्यालय प्रमुखहरू पुरस्कृत भएका छन् । ६८औँ प्रहरी दिवसमा नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्यांकनमा उत्कृष्ट हुनेहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुरस्कृत गरे । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी, इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक दानबहादुर थापा र इलामको श्रीअन्तुका प्रहरी वरिष्ठ नायब निरीक्षक किरण प्रसाईं उत्कृष्ट भई पुरस्कृत भएका छन् । एआइजी सन्दीप भण्डारी नेतृत्वको टोलीले स्थलगत रूपमा निरीक्षण गरी उत्कृष्ट काम गर्ने कार्यालयको छनोट गरेको हो । 

नेपाल प्रदेश प्रहरी कार्यालयतर्फ जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुुवराज राउत, तालिम केन्द्रमा प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा तथा गणमा प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले पुरस्कार पाएका छन् । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रतर्फ प्रथम हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक समीक्षा खत्री, द्वितीय हुने जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रहरी हवल्दार देवी पाण्डे, तृतीय हुने जिल्ला प्रहरी कार्यालय सुनसरीकी प्रहरी निरीक्षक निरला भण्डारी तथा सान्त्वना पुरस्कारतर्फ जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्मा र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी सहायक हवल्दार वीरेन्द्र विकले प्राप्त गरेका छन् । 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पु¥याउने अवकाशप्राप्त प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा, अवकाशप्राप्त प्रहरी निरीक्षक श्याने रानालाई पनि पुरस्कृत गरेका छन् । उत्कृष्ट विपत् व्यवस्थापनको कार्य गर्ने प्रहरी जवान प्रकाश साउद, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेल, उत्कृष्ट बाह्य प्रशिक्षक प्रहरी नायब निरीक्षक रेशमबहादुर बानियाँ, प्रहरी जवान सरिता थारू, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी निरीक्षक भक्त क्षेत्री र उत्कृष्ट खेलाडीतर्फ प्रहरी प्रहरी जवान विशालसिंह विष्ट र प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले सम्मानपत्र तथा नगद पुरस्कार प्राप्त गरेका छन् ।  

उत्कृष्ट प्रदेश प्रहरी कार्यालयमा प्रदेश प्रहरी कार्यालय गण्डकी छनोट भएको छ । कार्यालयका प्रमुख डिआइजी बुद्धि गुरुङलाई मंगलबार प्रहरी ब्याटर पुरस्कार प्रदान गर्ने तयारी छ । पूर्णशान्ति पुरस्कार तथा उत्कृष्ट अनुसन्धानकर्तालाई प्रधानमन्त्रीबाट पुरस्कार दिन लागिएको छ । 

प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : गृहमन्त्री 
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साधनस्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको बताएका छन् । प्रहरी दिवसमा उनले आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरूको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतको रूपमा रहने उल्लेख गरे । नवीनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारुकता बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्नेमा जोड दिए । ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन । कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास छ,’ उनले भने । 

क्षणिक लाभ हानि, व्यक्तिगत सफलतामा नलगौँ : प्रहरी महानिरीक्षक कुँवर 
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले क्षणिक लाभ हानि, व्यक्तिगत सफलतामा नलाग्न प्रहरी अधिकारीलाई आग्रह गरेका छन् । ‘क्षणिक लाभ हानि, व्यक्तिगत सफलता असफलताको संकीर्णता कार्यसम्पादनको गुणस्तरको परम शत्रु हुन्,’ उनले भने, ‘तसर्थ यीभन्दा माथि उठेर सामूहिक रूपमा एकसाथ उभिई व्यावसायिक निष्ठाका साथ अविचलित रही राज्यप्रतिको सेवाभावको मनोवृत्तिगत रूपान्तरण अहिलेको टड्कारो आवश्यकता हो ।’ प्रहरी संगठनबाट प्रदान गरिने सेवाहरू जनमुखी, पारदर्शी, स्वच्छ, छिटो छरितो, प्रभावकारी र नागरिक एवं सेवाग्राही स्वीकार्य ढंगबाट उपलब्ध गराउन सकेमा मात्र प्रहरीप्रतिको जनविश्वासमा अभिवृद्धि हुने उनको भनाइ थियो । 

ad
ad