१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Friday, 09 May, 2025
२o८o असोज २८ आइतबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थतन्त्र लयमा फर्काउन सरकारको चासो छैन : विष्णु पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १८:३५:oo

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुग्दा पनि लयमा फर्काउन सरकारको रुचि तथा चासो नभएको बताएका छन्।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री तथा अर्थमन्त्रीले पहल गर्नुपर्नेमा सो हुन नसकेको उनको भनाइ छ। बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले आर्थिक बेथितिको संरक्षणमा सरकारले काम गरेको आरोप लगाए।

सरकारले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको, करका दरहरू परिवर्तन गरे पनि राजस्वमा सुधार हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले अहिले सरकारमा रहेकाहरू अर्थतन्त्र सुधारमा भन्दा पनि सरकारमा पुग्न र टिक्नमा नै ध्यानकेन्द्रित रहेको बताए।

मुलुकलाई तस्करीको केन्द्रका रूपमा बदनाम गर्ने काम पनि यही सरकारबाट भएको आरोप लगाउँदै उनले अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगे पनि सरकार गम्भीर हुन नसकेको बताए। मुलुकको राष्ट्रपति रामचन्द्र पौडेल दलको नेताजस्तो बन्न नहुने धारणा राख्दै उनले कांग्रेसलाई भोट गरेकोमा धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन अग्रसर हुन नहुने बताए।

सरकार अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउने काममा समेत उद्दत देखिएको पौडेलको आरोप छ। अपराधीलाई रिहा गरेर अधिकारको दुरुपयोग गर्ने काम भएको उनको टिप्पणी छ।