Skip This
सूदूरपश्चिममा रावल पक्षले माग्यो प्रदेश उपसचिव, सहमति नभए अध्यक्षसहित अलग्गै टिमले प्रतिस्पर्धा गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २४ बुधबार १७:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूदूरपश्चिममा रावल पक्षले माग्यो प्रदेश उपसचिव, सहमति नभए अध्यक्षसहित अलग्गै टिमले प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार १७:४२:oo

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावल समूहले सर्वसम्मत नेतृत्व चयनका लागि उपसचिव पद मागेको छ। सर्वसम्मतिका लागि बाधक नबन्ने तर उपसचिव पद नदिए पदाधिकारीमा अलग्गै टिमले उम्मेदवारी दिने गरी रावल समूहले तयारी गरेको छ। 

अध्यक्षमा सचिव लेखराज भट्ट, स्थायी समिति सदस्य कर्ण थापा र निवर्तमान प्रदेश अध्यक्ष दामोदार भण्डारीले कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अगाडि सारेका छन्। 

बुधबार बिहानैदेखि अध्यक्षका आकांक्षीहरू कमल तिमल्सिना, वचनबहादुर सिंह र कृष्णप्रसाद जैसीलाई अलग–अलग र सामूहिक रूपमा राखेर भट्ट, थापा र भण्डारीले सहमति जुटाएका हुन्। 

त्यसअनुसार तिमल्सेना र सिंहले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् भने उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भएका छन्। तर, अध्यक्षमा उम्मेदवारी दिएका रावलनिकट भरत सावदले भने आफ्नो टिमलाई उपसचिव नदिइए उम्मेदवारी दिने बताए। उनले टिमका तर्फबाट उपसचिवमा उम्मेदवारी दिएका नरबहादुर विश्वकर्मालाई सर्वसम्मत नबनाए आफूसहित सचिव र उपसचिवको उम्मेदवारी कायम रहने बताए। 

‘एउटा हातले ताली बज्ने कुरा भएन, हामी उधारो आश्वासनमा विश्वास गर्दैनौँ, म सभासद भैसकेकै छु,’ सावदले नयाँ पत्रिकासँग भने, ‘यदि हाम्रो टिमबाट नरबहादुर विश्वकर्मालाई उपसचिवमा सर्वसम्मत बनाउने गरी अरूको उम्मेदवारी फिर्ता भएन भने चितवनमा पनि लडियो यहाँ (प्रदेश अधिवेशनमा) पनि पदाधिकारीमा चुनाव लड्छौँ।’ 

उनी एमालेको चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा रावलको टिमबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनले ७ सय २८ मत प्राप्त गरेका थिए भने उपसचिवमा उम्मेदवारी दर्ता गराएका नरबहादुर विश्वकर्माले ८ सय मत ल्याएका थिए। ०७० मा अछाम २ बाट संविधानसभा सदस्यमा विजयी सावद अहिले सुदूरपश्चिम कमिटीमा प्रदेश सचिवालय सदस्य छन्।

रावलको समूहबाट अध्यक्षमा सावद, उपाध्यक्षमा हरिसिंह साउदले उम्मेदवारी दिएका थिए। तर, उपाध्यक्षका उम्मेदवार सावदले भने उम्मेदवारी फिर्ता लिएका छन्। 

त्यस्तै, रावल समूहबाट सचिवमा रतन रेग्मी, उपसचिवमा नरबहादुर विक र महिला उपसचिवमा भगिरथी विष्ट तिमल्सिनाको उम्मेदवारी परेको छ। सर्वसम्मतिका लागि प्रयास जारी रहेकाले सुदूरपश्चिम प्रदेशमा अझै चुनावको समय निश्चित भइसकेको छैन।