१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलो दिन २५ हजारले गरे टिकट बुकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:३५:oo

सार्वजनिक यातायातमा दसैँ बुकिङ खुलेको पहिलो दिन काठमाडौंको गोंगबु बसपार्कबाट झन्डै २५ हजार टिकट बिक्री भएको व्यवसायीले बताएका छन् । दसैँमा घर फर्कने यात्रुलाई लक्षित गर्दै यातायात व्यवसायीले सोमबारबाट अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

पहिलो दिन २४ हजार तीन सयभन्दा बढी टिकट बुकिङ भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । सरकारसँग भएको पूर्वसहमतिअनुसार व्यवसायीहरूले देशभरकै सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । काठमाडौंलगायतका देशभरका मुख्य सहरहरूमा रहेका काउन्टरबाट टिकट बुकिङ सुरु गरेको उनको भनाइ छ । 

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफलपछि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो । प्रचलित भाडादरमै अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सर्वसाधारणले सहज रूपमा टिकट पाउन नसकेको गुनासो गरेका छन् ।  

व्यवसाय, रोजगारी, अध्ययनलगायतका उद्देश्यसहित देशभरका लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंलगायतका सहरमा बसोवास गर्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठूला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँगै चाडपर्व मनाउन जान्छन् । फलस्वरूप यसवेला यात्रुको चाप हुने गर्छ । दसैँ मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । त्यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने परम्परा छ । 

ad
ad