मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २१ आइतबार
  • Sunday, 09 February, 2025
२o८o असोज २१ आइतबार १४:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

समापन समारोहमा एरिकाले नेपालको झन्डा बोक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २१ आइतबार १४:४५:oo

कराँतेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औँ एसियाली खेलकुदको समापन समारोहमा नेपालको झन्डा बोक्ने भएकी छिन्।

हाङझाउमा १९औँ एसियाडको समापन समारोह आइतबार हुँदै छ। त्यस समारोहको मार्चपासमा नेपालको झन्डा एरिकाले बोक्नेछिन्।

नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झन्डा बोक्न दिने निर्णय गरेको हो।

एसियाडको १५औँ दिन शनिबार कुमुते ६८ केजीमाथि तौल समूहमा रजत जितेपछि एरिकाले यो अवसर पाएकी हुन्।