१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५३:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। शनिबार बसेको प्रदेश सभा बैठकमा उनले राजीनामा दिने घोषणा गरेका हुन्।

विश्वासको मत पुग्ने अवस्था नभएपछि उनले राजीनामा दिन लागेका हुन्। कार्कीले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनेछन्।

नौ महिनामा एमाले र कांग्रेसको नेतृत्वमा दुई–दुईपटक सरकार गठन भइसकेका छन्। अब सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा ५ मात्रै बाँकी छ। यसअनुसार प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

त्यसरी नियुक्त भएका मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ (७) अनुसार मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछन्।

ad
ad