१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले कार्यान्वयन गरेन ईः सँगको सहमति

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४४:oo

वडाध्यक्ष भन्छन्– १५ हजार व्यापारीका कारण ५० हजार नागरिकले दु:ख पाउनुहुँदैन 

काठमाडौं महानगरपालिकाले अभियन्ता ई:सँग गरेको सहमति हप्ता दिनमै तोडेको छ । सहमतिअनुसार साबिकमा फुटपाथ/सार्वजनिकस्थलमा व्यापार गरेका व्यापारीका लागि महानगरपालिकाले एक साताभित्र पुनर्स्थापनाका लागि पहल गर्ने भनिएको थियो । तर, एक साता बित्दा पनि महानगरले ती व्यापारीका लागि उपयुक्त स्थान पहिचान गर्न सकेको छैन ।

अभियन्ता ई:का अनुसार आफूसँग गरेको लिखित सहमतिप्रति महानगर इमानदार भएन । ‘महानगरलिखित सहमतिमा इमानदार देखिएन । तैपनि निराश भइहाल्ने अवस्था भने छैन,’ ई: ले भने, ‘व्यापारीहरूको एकतिहाइ व्यापार चाडबाडका वेला नै हुन्छ । त्यो सहमतिपछि महानगर फुटपाथ व्यापारीमाथि लचक बनेको छ ।’

ई: चाडबाडको वेला भएकाले महानगरको विरोध गर्ने र पेल्ने अवस्थामा नभएको बताउँछन् । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै अभियन्ता ई:ले १९९ घन्टा उभिएर राष्ट्रिय सभागृहअगाडि विरोध प्रदर्शन गरेपछि गत बुधबार राति सम्झौता भएको थियो ।

महानगर र ई: बीच यो सहमति हुन निकै लामो समय लागेको थियो । गत मंगलबार ६ घन्टासम्म वार्ता चल्दा सहमति नभए पनि बुधबारको वार्तामा सहमति कायम भएको थियो । उक्त सहमतिबाहेक फुटपाथ/सार्वजनिकस्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामान महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित घरधनीलाई फिर्ता गर्ने, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने सहमति भएको थियो ।

महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवासमेतले सभागृह परिसरमा उभिएर विरोध प्रदर्शन गरेका थिए । उनीहरूको समूहले तीन महिनादेखि ‘गरिबलाई चमेली बाल दिने कोही छैन’ भन्ने अभियान सञ्चालन गर्दै बागदरबार घेर्ने, सभागृह घेर्ने, अनलाइन डिस्कोर्स चलाएर फुटपाथको विषयमा आवाज उठाउने काम गरेका थिए ।

फुटपाथ व्यापारीलाई कडाइ गर्ने नै हो : महानगर 
ई:सँग सहमति गरे पनि महानगर भने फुटपाथ व्यापारीप्रति लचिलो हुने पक्षमा छैन । ‘सहमतिपछि सोमबार अभियन्ता र महानगर टोलीबिच फेरि छलफल भएको छ । जुन छलफलले कुनै निर्णय गरेको छैन । महानगरभित्र कानुनले निषेध गरेको स्थानबाहेकका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरले एक साताभित्र पहल गर्ने भनी सहमति गरेपनि तत्काल लागू नहुने अवस्था देखिएको छ,’ कार्यपालिका सदस्य तथा वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले भने, ‘महानगरको अबको नीति भनेको फुटपाथलाई व्यापारमुक्त गर्ने नै हो ।’

उनका अनुसार फुटपाथ व्यापारीलाई दसैँ–तिहारपछि झनै कडाइ गरिनेछ । ‘अहिले हामीसँग स्रोत, साधन र जनशक्ति नभएका कारण फुटपाथ व्यापारमा अलि लचिलोजस्तो देखिएको छ । तर,फुटपाथ व्यवसायीका लागि महानगरको लचिलो भएको होइन । दसैँ–तिहारपछि कडाई नै गर्ने हो । १५ हजार फुटपाथ व्यापारीका लागि ५० हजार नागरिकलाई असर पुर्‍याउन सक्दैनौँ,’ महर्जनले भने । 

ad
ad