Skip This
मन्त्री प्रकाश ज्वाला भन्छन्- दसैँअघि सडक मर्मत सम्भार गर्न सकिन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १८ बिहीबार o९:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्री प्रकाश ज्वाला भन्छन्- दसैँअघि सडक मर्मत सम्भार गर्न सकिन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार o९:३३:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दसैँअघि सडक मर्मत गर्न नसकिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा उनले बजेट अभावका कारण तत्काल सडक मर्मत गर्न नसकिने बताएका हुन् । 

बर्खाका कारण अहिले अधिकांश सडकमा खाल्टाखुल्टी रहेको र पहिरो पनि पूर्ण रूपमा पन्छाइएको छैन । तर, दसैँपछि मात्रै सडक मर्मत गर्न सकिने उनले बताए । बजेट अभावकै कारण सडक विभागतर्फ गत आवको चार अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । यद्यपि, यात्रुहरूलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन सरकार तयार रहेको उनको भनाइ छ ।

यसैबीच पूर्वाधार विकास समितिले निर्माण व्यवसायीको बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, ठेक्का सम्झौताअनुसार तोकिएको समय र गुणस्तरअनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । सडक दुर्घटनाका कारण बर्सेनि यात्रुले ज्यान गुमाउने अवस्थामा सुधार ल्याउन सडक सुरक्षा, सवारीसाधनको परीक्षण र सवारीसाधन सञ्चालनमा संलग्न जनशक्तिको व्यवहार सुधार गर्न, अनुगमन र कारबाहीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

पूर्वाधार विकास समितिले दसैँमा विद्यार्थीका लागि स्कुल र कलेजका सवारीबाट सहुलियत दरमा गन्तव्यमा पुर्‍याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । चाडपर्वको समयमा सार्वजनिक यातायातको अधिकतम उपयोग गरिने भएकाले भाडादर जथाभावी निर्धारण गर्ने, परिचयपत्र नभएका व्यक्तिले टिकट बेच्ने, यात्रु टिकटको जाँच गर्ने परिपाटी नहुने, यात्रुको सूची नराख्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायतका कानुनी प्रावधानको उल्लंघन हुन नदिन सम्बन्धित निकाय प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।