Skip This
एक-आपसमा धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन ओलीको आह्वान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक-आपसमा धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन ओलीको आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १६:o६:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले हाम्रो समाजको मुख्य विशेषता विविधताबीचको एकता र आपसी सहिष्णुता भएको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमा लेख्दै एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म रहेकाे र सबै आस्थाहरू नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएको बताएका छन्। 

उनले पछिल्लो समय धार्मिक विवादमा नेपालगन्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सदभाव र सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको बताउँदै एक–आपसमा धार्मिक आस्थाको सम्मान गरी हाम्रो राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन्।