१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ओपिडी बन्द गरेर आन्दोलनमा केएमसीका चिकित्सक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo

चिकित्सकमाथि कुटपिट भएको भन्दै सिनामंगलस्थित केएमसीका चिकित्सकहरू ओपिडी सेवा नै बन्द गरेर सडकमा उत्रिएका छन् । दिउँसो बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेपछि सोमबार चिकित्सकहरूले उपचार सेवा बन्द गरेर आन्दोलनमा निस्किएका हुन् ।

आइतबार दिउँसो दुई बजेतिर ओपिडी कक्षमा उपचारका लागि आएका बिरामीका आफन्तहरू रूपक गौतम र सरोज गौतमले इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट गरेका थिए । अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले सोमबार ओपिडी नै बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएको बताउँदै मंगलबारदेखि भने ओपिडीबाट नै उपचार सेवा सुचारु हुने बताए ।

‘कुटपिट गरेकामध्ये एकजना पक्राउ पर्न बाँकी छ, उहाँहरूले पक्राउ नपरेको व्यक्तिलाई पक्राउ र कारबाही गर्न माग राख्नुभएको छ,’ उनले भने, ‘मंगलबारदेखि ओपिडीमा उपचार गर्ने निर्णय भएको छ ।’ गत शनिबार मात्रै आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सहमतिपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर, इन्टर्न डाक्टरमाथि कुटपिट भएको भन्दै सोमबारदेखि प्रदर्शन गर्ने केएमसीका चिकित्सकहरूले जनाएका छन् ।

ad
ad