मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १५ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेप्टेम्बरमा भित्रिए ९१ हजार पर्यटक : नौ महिनामा ६ लाख ९२ हजार पर्यटक, बढ्दै चिनियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार o९:o९:oo

कोभिड महामारीअघिको तुलनामा सेप्टेम्बर २०२३ मा पर्यटक आगमन ९८.२८ प्रतिशत रिकभर भएको छ । सेप्टेम्बरमा विभिन्न देशबाट ९१ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । कोभिडअघि सेप्टेम्बर २०१९ मा ९२ हजार ६०४ पर्यटक नेपाल घुम्नका लागि हवाई माध्यमबाट आएका थिए ।

गत वर्षको सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । सन् २०२० को सेप्टेम्बरमा कोभिड उत्कर्षमा पुगेको र सरकारले लकडाउन गरेको हुँदा पाँच सय ८४ जना मात्रै पर्यटक भित्रिएका थिए । सेप्टेम्बर २०२१ मा पर्यटक नौ हजार ९०७ मात्रै भित्रिएको तथ्यांक छ । यस वर्ष पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् ।

एक महिनामा २८ हजार सात सय भारतीय नेपाल भ्रमणमा आएका छन् । चीनबाट आठ हजार १७४, अमेरिकाबाट सात हजार ३६४, बंगलादेशबाट तीन हजार ७१६, अस्ट्रेलियाबाट तीन हजार ६८५, युनाइटेड किङडमबाट तीन हजार ६४०, श्रीलंकाबाट तीन हजार ११, जर्मनीबाट दुई हजार ८५२, साउथ कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार ७३४ पर्यटक भित्रिएका छन् ।

सन् २०२३ को नौ महिना (जनवरी–सेप्टेम्बर)मा विभिन्न देशबाट ६ लाख ९२ हजार ३७२ पर्यटक भित्रिएका छन् । कोभिडअघि सन् २०१९ को सोही अवधिमा आठ लाख ३२ हजार पर्यटक नेपाल आएका थिए । नेपालको पर्यटकीय इतिहासमा २०१९ मा सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक भ्रमणमा आएको तथ्यांक छ । गत वर्ष २०२२ को नौ महिनामा तीन लाख ८५ हजार पर्यटक आएका थिए ।