काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरको बागमती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।
नयाँ बानेश्वरबाट तिनकुनेतर्फ जाँदै गरेको बा.प्र.०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकलकाे पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।
उनका अनुसार मोटरसाइकलचालक भक्तपुर चाँगुनारायण नगरपालिका- ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टा भाँचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उपरीक्षक ढुंगेलका चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको छ।