१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुटुबारे जनचेतना जगाउन मध्यपुर थिमिमा सम्पदा पदयात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२४:oo

‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुर थिमिमा शनिबार तीन घन्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक–२०२३) आयोजना गरिएको छ ।   बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनले थिमि शंखधर चोकमा रहेको शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्दै हेरिटेज वाकको उद्घाटन गरे । उनले आर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवं पुरातात्विक सम्पदा अवलोकनका लागि पर्यटकको संख्या बढाउने वातावरण बनाउनुपर्ने बताए । 

लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकण्ठेश्वरले संयुक्त रूपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेसनल डिस्ट्रक ३२५ एच एमडी ३२५ चिफ चार्टर प्रिसिडेन्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताए ।

सम्पदा पदयात्रा शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धिगणेश मन्दिर, नगदेश, बुद्धबिहार नगदेश, नीलकण्ठेश्वर, टिगनी, नीलवाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिरपरिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो ।  कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तीर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागीलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महŒवबारे जानकारी गराएको बताए । कार्यक्रममा सांस्कृतिक झाँकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेतना प्रवाह गरिएको थियो । लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन शम्भु थापाले १५ जिल्लामा ४८ हजार लायन्सका सदस्य रहेको र नेपालका लायनहरूकै सहयोगबाट संकलित रकम समाजसेवामा खर्च भइरहेको बताए । 

समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि हृदयाघातका बिरामी अत्यधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताए । पदयात्रामा मन्त्री महर्जनसँगै बागमती प्रदेश सभा सदस्यद्वय शकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्वराज्यमन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, लायन्स क्लबका पदाधिकारी एवं लायनहरूको सहभागिता थियो ।

ad
ad