मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन दबाब अभियानका संयोजक गुरुराज घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १२:२५:oo

१. महाधिवेशन मात्रैका लागि दबाब दिँदा पार्टीमा हुन नसकेका काम त छायामा परे नि ?
हामी पार्टीका सबै आन्तरिक विषयलाई उठाउनेछौँ । महाधिवेशनपछि हुन नसकेका कामका विषय झनै हाम्रो प्राथमिकतामा पर्नेछन् । महाधिवशेन मात्रैको विषयमा हामी केन्द्रित हुँदैनौँ । १४औँ महाधिवेशनपछि हुनुपर्ने काम अस्तव्यस्त छन् । विभागहरू बन्न सकेका छैनन् । भ्रातृसंस्थाका अधिवेशन हुन सकिरहेका छैनन् । अवश्य पनि हामी यी सबै अस्तव्यस्तताका कारणको खोजी र नेतृत्वलाई जवाफदेही बनाउन लागिपर्नेछौँ । पार्टीका सबै आन्तरिक विषयमा हामी पार्टीका साथीसँग अन्तत्र्रिmया गर्नेछौँ र केन्द्रीय समितिमा यसबारे जवाफ माग्नेछौँ ।

२. महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालयमार्फत दबाब दिन के–के गर्दै हुनुहुन्छ ?
महाधिवेशनका लागि दबाब दिन ‘१५औँ महाधिवेशनकेन्द्रित सम्पर्क कार्यालय’ नै खोलेर हामी आन्तरिक गृहकार्य गरिरहेका छौँ । कतिपय साथी हामीसँगको सम्पर्कमा आउनुभएको छ । महासमिति बैठकले सर्वसम्मत रूपमा ०८२ मै महाधिवेशन गर्ने निर्णय गरेको हो । के कारणले निर्णय कार्यान्वयनमा अवरोध आयो ? भन्नेबारे जवाफ खोजेर जिल्ला र प्रदेश तहसम्म पुगेर साथीहरूलाई बुझाउनेछौँ । छिट्टै उपत्यकाबाहिर अन्तक्र्रिया थाल्दै छौँ । 

३. नेतृत्वविरुद्ध कस्तो मोडलको दबाब दिने तयारी छ ?
हाम्रो दबाब अभियान पार्टीको गुट विशेषको होइन । नेतृत्वलाई जवाफदेही बनाउने र पार्टीलाई सुधारको बाटामा लानु यसको उद्देश्य हो । हामीले केन्द्रीय समितिलाई वडादेखि प्रदेश तहसम्मको महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिनेछौँ । त्यस्तै सदस्यता वितरणलाई पनि समयमै सम्पन्न गर्न दबाब दिनेछौँ । तोकिएकै समयमा महाधिवेशन सुनिश्चित हुने गरी पार्टीलाई दबाब दिँदै छौँ । प्रारम्भिक तयारीविना महाधिवेशनको सुनिश्चितता हुन सक्दैन । त्यसैका लागि हाम्रो दबाब केन्द्रित हुनेछ ।