मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Wednesday, 18 December, 2024
२o८o असोज १३ शनिबार १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रुपन्देहीको रोहिणीमा ४० करोडकाे लागतमा वृज ग्लास उद्योग संचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १o:२९:oo

केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि रुपन्देहीको रोहिणीमा उत्पादन सुरु गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा उद्योगले अत्याधुनिक मेसिन जडान गरि उत्पादन सुरु गरेको हो ।

विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड सिसा, टिन्ड सिसा, इन्सुलेटेड सिसा, रीफ्लेक्टिभ सिसा लगायत उपलब्ध गराउने अर्गनाइजेसनका प्रवन्ध निर्देशक सत्यम केडीयाले बताए ।

कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए । आफ्ना उत्पादनले सुन्दर र व्यवहारिक पक्ष प्रदान गर्ने अटल प्रतिबद्धता लिएको उधोगका संचालक रबिरन्जन कुमारले बताए । 

कारखानामा दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको कुमारले बताए । कम्पनीमा त्रुटि र नाेक्सानकाे सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडीयाले जानकारी दिए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन् । 

रोजगारीकाे अवसर सिर्जना गर्ने र आर्थिक समृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पुर्‍याउन उधोग समर्पित रहेको केडीयाले बताए ।

यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडीयाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन् । उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन् ।