Skip This
प्रेरक प्रसंग : छोरीका मातापिता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १२ शुक्रबार o५:५७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : छोरीका मातापिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o५:५७:oo

एक महिला गर्भवती थिइन् । उनले एक दिन पतिसित सोधिन्– हजुर के चाहनुहुन्छ, छोरा या छोरी ? पतिले भने– मलाई त जे भए पनि हुन्छ ? पत्नीले फेरि सोधिन्– हजुरले उसलाई के पढाउने र के बनाउने विचार गर्नुभएको छ ? पतिले सहज भावमा उत्तर दिए– यदि हाम्रो छोरा जन्मियो भने म उसलाई हिसाब पढाउँछु । उसलाई खेलकुदमा पनि लगाउँछु । उसलाई धेरै कुरा सिकाउँछु । पत्नीले हाँस्दै प्रश्न गरिन् ? यदि छोरी भई भने के गर्नुहुन्छ नि ?

पतिले गम्भीर हुँदै भने– यदि छोरी जन्मिई भने मैले उसलाई केही पनि सिकाउन, पढाउन पर्नेछैन । किनकि, उसैले मलाई सबै कुरा सिकाउनेछे । कसरी कपडा लगाउने, कसरी खाने, के गर्ने, के नगर्ने सबै कुरा मलाई छोरीले सिकाउनेछे । ऊ मेरी दोस्री आमा बन्नेछे भन्दा पनि फरक पर्दैन । मैले उसका लागि केही गरिनँ भने पनि उसले जहिल्यै मलाई आफ्नो ‘हिरो’ मान्नेछे । मैले उसलाई कुनै काम गर्न रोकेँ भने उसले जहिल्यै स्विकार्नेछे । उसले आफ्नो पति जतिसुकै ठूलो भए पनि उसको तुलना मसित गर्नेछे ।

मलाई कसैले दुःखी बनाउन चाह्यो भने मेरी छोरी दुनियाँसित लड्नेछे । उसले मलाई दुःखी बनाउनेलाई कहिल्यै माफ गर्नेछैन । पत्नीले भनिन्– तपाईंको भनाइको तात्पर्य जुनजुन काम छोरीले गर्नेछे, छोराले चाहिँ गर्नेछैन भन्ने हो ? पतिले भने– होइन, होइन । छोराले पनि यो सब गर्न सक्छ । तर, त्यसका लागि उसले धेरै सिक्नुपर्नेछ, धेरै मिहिनेत गर्नुपर्नेछ । किनकि, छोरीहरू यी सब खुबी साथमै लिएर जन्मिन्छन् । त्यसैले, छोरीका मातापिता बन्नु हरेक बाबुआमाका लागि गर्वको विषय हो । 

पत्नीले भनिन्– तर, छोरी त सधैँ साथमा हुनेछैन नि । एक न एक दिन उसले पराई घर जानैपर्नेछ । पतिले भने– के फरक पर्छ त ? ऊ पतिको घर गए पनि हामी जहिल्यै उसको मनमा हुनेछौँ ।