मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ११ बिहीबार १९:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नो भेहिकल जोनमा सवारीसाधन प्रवेश नगराएकोमा धन्यवाद : बालेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १९:१४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपतिलगायतका विशिष्ट व्यक्तिहरूलाई सवारीसाधन निषेधित क्षेत्रमा पैदलयात्रा गरी इन्द्रजात्रा अवलोकन गरेकोमा धन्यवाद दिएका छन्।

महानगरको अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिएको भन्दै मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका हुन्।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाडौं महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहिकल जोन (सवारीसाधन निषेधित क्षेत्र)मा सवारीसाधन प्रवेश गराइदिनुभएन। उहाँहरूले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो,’ उनले लेखेका छन्, ‘हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउनेछ।’