मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Wednesday, 15 January, 2025
रासस मकवानपुर
२o८o असोज ११ बिहीबार १६:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु

Read Time : < 1 मिनेट
रासस, मकवानपुर
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १६:१८:oo

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ।

बिग्रिएका उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले  दिँदै आएको विद्युत् आपूर्ति करिब आधा घन्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए।  उक्त उद्योगमा विद्युत् आपूर्तिका लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नुपरेकाले प्राधिकरणसँग  नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको छ। साबिक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक १० हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ।

तत्कालीन श्री ५ को सरकारले ०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले ०४३ मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो।

रु. एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्री–वितरण गरिरहेको छ। पर्याप्त सिमेन्ट बिक्री–वितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।