दोलखाको सिँगटीमा चार किलो सुन बरामद

बिहिबार, ११ असोज, २०८०
डिजिटल संस्करण

दोलखाको सिँगटीबाट तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो । 

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘भोलि (बिहीबार) सार्वजनिक गर्छौँ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।  

See More On

सुझावित समाचार