मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ९ मंगलबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमती अधिवेशन : पार्टी कार्यालय च्यासलमा बुधबार निर्वाचन प्रक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ९ मंगलबार १८:३५:००

नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ।

प्रज्ञा भवन कमलादीमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल सकिएपछि बुधबार बिहान च्यासलस्थित पार्टी कार्यालयबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अगाडि बढाउने गरी अध्यक्षमण्डलले तयारी गरेको हो।

‘अहिले प्रतिवेदनमाथि सातवटा समूहका नेताहरूले छलफलमा आएका सुझावको प्रस्तुति राखिरहनुभएको छ। जवाफ दिएर प्रतिवेदन पारित भएपछि भोलि बिहान पार्टी कार्यालयबाट निर्वाचन प्रक्रिया अगाडि बढ्छ,’ अध्यक्षमण्डलका सदस्य शेरबहादुर तामाङले नयाँ पत्रिकासँग भने।

समय अभावका कारण उम्मेदवारी मनोनयन प्रक्रिया सकिएपछि मात्र नेतृत्व छनोटमा सर्वसम्मतिका लागि अध्यक्षमण्डलले प्रयास गर्ने सम्भावना रहेकोसमेत उनले बताए।

अध्यक्षका लागि निर्वतमान अध्यक्ष केशव पाण्डे, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल तथा सानुकुमार श्रेष्ठ आकांक्षी छन्। सर्वसम्मति हुँदा पाण्डे नै दोहोरिने तर निर्वाचन हुँदा भने ढुंगेल र दाहालबीच प्रतिस्पर्धाको सम्भावना बढेर गएको प्रतिनिधिहरूको बुझाइ छ।