मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० असोज ९ मंगलबार १३:४०:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारद्वारा राउटेलाई दसैँखर्च प्रदान

Read Time : < 1 मिनेट
२०८० असोज ९ मंगलबार १३:४०:००

लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले राउटेलाई दसैँखर्च उपलब्ध गराएको छ। मंगलबार मन्त्रालयमा दसैँखर्च माग गर्दै पुगेका राउटेलाई प्रदेश सरकारले दसैँखर्च उपलब्ध गराएको हो।

अर्थमन्त्री धनबहादुर मास्कीले दसैँखर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई सो रकम हस्तान्तरण गरिएको हो।  

रकम हस्तान्तरण गर्दै मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए। उक्त रकम पाएपछि उनीहरू खुसी भएका थिए।

राउटेहरूले प्रत्येक वर्ष तिज, दसैँ तथा तिहारमा सरकारसँग खर्भ माग गर्ने गरेका छन्। केही वर्षदेखि उनीहरू दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दसैँखर्च माग्दै आएका छन्।