Skip This
धनगढी एफसीको मार्की खेलाडीमा आशिष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडौं
२o८o असोज ८ सोमबार १९:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनगढी एफसीको मार्की खेलाडीमा आशिष

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १९:३९:oo

साबिक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीसँग सम्झौता गरेको छ। 

‘गो ड्रिमर्स’को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो। धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीको रूपमा अनुबन्ध गरेको हो।

नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका २३ वर्षीय आशिष सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगमा भने चर्च ब्याइज युनाइटेडबाट खेल्ने गर्छन्। चर्च ब्वाइज यसपटक लिग विजेता बन्दा आशिषको महत्वपूर्ण योगदान थियो। 

सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन्। बैंलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले १–० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए। 


मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले खुसी व्यक्त गरेका छन्। ‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियौँ। यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौँ,’ उनले भने। 

उनले अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरू लिने र थप खेलाडी विदेशबाट भित्र्याउने आन्तरिक तयारी भइरहेको बताए। 

‘आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्‍याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ आशिषले भने।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजन पनि आशिष चौधरीसँग सम्झौता गर्दा एकदमै उत्साहित भएको प्रतिक्रिया दिए। ‘नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको ऊर्जा झनै बढेको महसुस भएको छ,’ उनले भने।