मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ८ सोमबार
  • Monday, 31 August, 2026
२o८o असोज ८ सोमबार १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैवाखोलाका बाढीपीडितलाई अस्थायी घर हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १६:o५:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका बाढीपीडितलाई अस्थायी घर हस्तान्तरण गरिएको छ। असार पहिलो साता अविरल वर्षासँगै आएको पहिरोका करण घर गुमाएका ६५ परिवारलाई सोमबार अस्थायी आवास हस्तान्तरण गरिएको हो।

मैवाखोला गाउँपालिका वडा नम्बर ३ र ४ ओदक, ताम्राङ र अन्य स्थानमा बाढीपहिरोबाट पीडित बनेकालाई अस्थायी आवासको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले बताए। विभिन्न संघसंस्था, दातृ निकाय, स्थानीयवासी तथा गाउँपालिकाको संयुक्त लगानीमा सम्भव भएको पालिकाका निमित्त कार्यकारी अधिकृत लक्ष्मी गम्देनले बताए।

मैवाखोला गाउँपालिका– ३ साँघुको निर्माणाधीन रंगशालामा बाढीपीडितका लागि अस्थायी संरचना बनाइएको हो। चारदेखि ६ जना, ६ देखि आठजना र आठदेखि १२ जनासम्म बस्न मिल्ने ए, बी र सी गरी तीन किसिमका घर निर्माण गरिएको छ।

यी घरहरूभित्र कुल ३६ वटा शौचालय र १८ वटा धारा निर्माण गरिएको छ। एक करोड ५० लाख रुपैयाँ कुल लागत रहेको बस्तीमा गाउँपालिकाले २६ लाख ६० हजार खर्चिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले जानकारी दिए।

दातृ निकाय  र  सहयोगी संघसंस्थाबाट ५५ लाख ९२ हजार प्राप्त भएको थियो। निर्माणको क्रममा शिक्षक, विद्यार्थी, स्थानीयलगायतबाट ६८ लाख एक हजार जनश्रमदान प्राप्त भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत गमदेनले बताए।

साउन ७ गते निर्माण प्रारम्भ गरिएको र आवासगृह दुई महिनामा पूरा भएको हो।