१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वेस्टर्न युनियन मनी ट्रान्सफरको दसैँमा १० गुणा अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:१९:oo

वेस्टर्न युनियन मनी ट्रान्सफरले दसैँ, तिहार र छठ पर्वको अवसर पारेर ‘दसैँमा दश गुणा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले चाडपर्वको अवसरमा ग्राहकको खुसी गुणा गर्ने लक्ष्यसहित योजना ल्याएको हो ।

योजनामा सहभागी हुनका लागि ग्राहकले नोपलमा रहेका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाको कुनै एक भुक्तानी काउन्टरबाट रेमिट्यान्स प्राप्त गरेको हुनुपर्ने सर्त राखिएको छ । देशभरमा १५ हजारवटा भुक्तानी काउन्टर रहेको कम्पनीको भनाइ छ । रेमिट्यान्स प्राप्त भएका कारोबारहरू स्वतः साप्ताहिक र बम्पर ड्रमा समावेश हुने कम्पनीले जनाएको छ ।

योजना मंसिर १० सम्म लागू हुने जनाइएको छ । योजनाअनुसार आठ हप्तासम्म ६४ जना भाग्यशाली ग्राहकले २५ हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

साथै, बम्पर पुरस्कारका रूपमा एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा रकम पाउने तथा ५० हजार रुपैयाँभन्दा कम कारोबारमा पाँच लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । पुरस्कारको रकम एक लाख रुपैयाँभन्दा बढी भएमा १० लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले विश्वका दुई सयभन्दा बढी देशबाट रेमिट्यान्स सेवा दिँदै आएको जनाएको छ ।

ad
ad