मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ७ आइतबार
  • Wednesday, 02 September, 2026
२o८o असोज ७ आइतबार १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १३:३७:oo

लमजुङको बेँसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका– ५, बालुवाथान घर भई हाल बेँसीसहर नगरपालिका– ३, रानीकुवा बस्दै आएका २५ वर्षीय मनीष श्रेष्ठ रहेका छन्।

गएराति अन्दाजी  साढे ११ बजे श्रेष्ठले चलाएको ना.४७प ६४६९ नम्बरको मोटरसाइकल बेँसीसहर नपा– ७ गैरीधारानजिकै रोकिरहेको ग.२त ३८४२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा राति १२ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए। श्रेष्ठको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।